रामकोट साकोसमा नयाँ सञ्चालक समिति, के छन् भावी कार्ययोजना ?

धादिङ । नीलकण्ठ नगरपालिका-८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था(रामकाेट साकाेस) को अध्यक्षमा पुनः हेमराज श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न छैठौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट पुनः श्रेष्ठ सर्वसवत रुपमा निर्वाचित भएका हुन् । श्रेष्ठको यो तेस्रो कार्यकाल हो । त्यस्तै उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सह-सचिवमा चकनारायण श्रेष्ठ निर्वाचित भए ।
नव निर्वाचित सदस्यहरुमा तेजकुमारी लम्साल, रुपा श्रेष्ठ, राजन कुमाल र राजकुमार श्रेष्ठ रहेका छन् भने रेशम श्रेष्ठ संयोजक रहेको लेखा समितिमा बिष्णु कुमार श्रेष्ठ र बलराम श्रेष्ठ रहेका छन् । साधारणसभामा उत्कृष्ट बचतकर्ता र ऋणलाई समेत सम्मान गरिएको थियो । त्यस्तै बाल सदस्यहरुलाई स्टेशनरीका सामाग्रीहरु पनि वितरण गरिएको थियो ।
सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।
सहकारीले वित्तिय व्यवसाय अलावा सामाजिक व्यवसायका अन्य स्वरुपहरुमा अघि बढने तयारी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।
संस्थाले जिल्लामै पहिलो पटक एसएमएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

सदस्य सेवा तथा सामाजिक कार्य :-
१. सदस्यहरुको हितलाई ध्यान दिँदै सदस्यको सन्तान प्राप्ती भएमा मातृशिशु स्याहार कार्यक्रम अन्तर्गत प्रती व्यक्ति रु. ५०० प्रदान गर्दै अाएकाे ।
२. सदस्यहरुको असामहिक स्वार्गारोहण भएमा हामी सबै सहकारीको सदस्यहरुको तर्फबाट श्रदाञ्जली स्वरुप रु २००० प्रदान गर्दै आएकाे ।
५. सदस्यहरुलाई रु. ५०,००० को आकस्मिक कोष ब्यवस्था गर्ने निर्णय । जुन ठुला खालका अप्रेशन, दुर्घटनामा १ महिनाका लागि कुनै पनि रकम ब्याज र सेवा शुल्क नलिने ।
६. सहकारीहरु बीच आपसी समन्वय तथा सहकारीको सदस्यहरुलाई सेवा प्रदान गर्ने मुल उदेश्यले यस रामकोट बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई ग्रामिण यातायात सहकारी सँग धादिङ काठमाण्डौ र धादिङ गाडि भाडामा १७ प्रतीशत छुटको व्यवस्था मिलाइएको ।
भावी कार्ययोजना
– चालु आर्थिक वर्षबाट लघुवित्त कार्यक्रम सञ्चालन गर्ने ।
– सदस्यहरुबाट उत्पादित कृषि उत्पादनको विक्ति प्रबन्ध सहित संकलन केन्द्र स्थापना गर्ने
– विप्रेशण सेवा सुरु गर्ने
– २ वर्ष भित्र आफ्नै भवन निमार्ण गर्ने
– सामाजिक सेवा कोषको व्यवस्था गर्ने
– सदस्य हित बचतलाई अनिवार्य लागू गर्ने
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
