२२ कात्तिक २०८३, आईतवार

“हुने खानेको पैसा, हुँदा खानेमा पुर्याउने”

२०७३ भदौ ३, शुक्रबार
“हुने खानेको पैसा, हुँदा खानेमा पुर्याउने”

IMG_7533

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ सदस्य सेवाकेन्द्र विहुँ अन्तर्गत प्रतिनिधिमुलक सातौ वार्षिक साधारण सभा शुक्रवार विहुँ ६ पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै सिवाईसी साकोसका सल्लाहाकार समाजसेवी देबवहादुर श्रेष्ठले सहकारीनै आम गरिव जनताहरुको आर्थिक विकासको आधारशिला भएको बताए । श्रेष्ठले सिवाईसीले जिल्लाको ग्रामीण क्षेत्रमा रहेको गरिव विपन्न तथा पछाडि पारे पारिएका वर्गहरुको आर्थिक पहुँच बृद्धिका लागि स्थानीय स्तरमै सदस्य सेवाकेन्द्रहरु मार्फत सञ्चालन गरेको कार्य प्रशंसनीय रहेको बताउदै संस्थालाई सबैको आस्थाको केन्द्र बनाई आफ्ना शेयर सदस्य तथा समुदायलाई आगमी दिनमा थप प्रभावकारी सेवा दिन आग्रह समेत गरेका थिए
।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा वागलुङका सभापती जव्वरवहादुर लामीछाने, सिवाईसी साकोसका सल्लाहाकार होमवहादुर हमाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका सचिव ऋषिराम गौतम, सदस्य सेवाकेन्द्र विहुँका सल्लाहाकार भवानीप्रसाद कँडेल, हर्कमान वि.क लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिनीधिमुलक साधारण सभाले मिति २०७३ भाद्र ११ गते सम्पन्न हुन गईरहेको संस्थाको सातौ केन्द्रिय वार्षिक साधारण सभाका लागि त्यस क्षेत्रका शेयर सदस्य संख्याको १० प्रतिशत अर्थात ४५ जना प्रतिनीधि सर्वसम्मतीवाट छनौट गरेको छ ।

“हुने खानेको पैसा, हुदा खानेमा पु¥याउने” महान लक्ष्यका साथ २०६६ असोज २२ गतेका दिन स्थापना भएको संस्थाले बागलुङ बजारमा केन्द्रिय कार्यालय, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र मार्फत स्थानीय स्तरमै वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ । संस्थामा हाल ३१ सय जना शेयर सदस्य, १२ करोड ७३ लाख शेयर पुँजी, ३० करोड १९ लाख बचत, ४४ करोड ७८ लाख लगानीमा वाँकी ऋण, ४ करोड ५३ लाख जम्मा कोष र ५१ करोड ९३ लाख बराबरको सम्पत्ती रहेको छ । भने संस्थाको दोश्रोे सेवाकेन्द्रको रुपमा स्थापना भएको सदस्य सेवाकेन्द्र विहुँ अन्तर्गत हाल ४५१ जना शेयर सदस्य, १ करोड १७ लाख शेयर रकम, २ करोड ८ लाख बचत र ३ करोड ४० लाख लगानीमा रहीरहेको ऋण र ३ करोड ५१ लाख बराबरको सम्पत्ती रहेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२÷०७३ को प्रगती र आ.व. ०७३÷०७४ को प्रस्तावीत नीति तथा कार्यक्रम सह–सचिव गितादेवी रेग्मी र आ.व. ०७२÷०७३ को आर्थिक प्रतिवेदन तथा आ.व. ०७३÷०७४ को प्रस्तावित आय व्यय तथा कार्ययोजना कोषाध्यक्ष संगिता शर्मा पौडेलले प्रस्तुत गरेकी थिईन ।

३८५ जनाको उपस्थिीती रहेको कार्यक्रमको स्वागत संस्थाका सञ्चालक सदस्य ज्ञानु श्रीस शर्मा र सञ्चालन शिक्षा उपसमितिका संयोजक ओमकुमारी कँडेलले गरेकी थिईन । साधारण सभाले चुडामणि कँडेललाई विहुँ सदस्य सेवाकेन्द्रको नवनिर्वाचीत संयोजकको रुपमा सर्वसम्मतीले चयन गरेको छ ।

प्रकाशित मिति: २०७३ भदाै ३ गते

अभिलेख

लोकप्रिय