२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कुनले मनायाे २९औँ स्थापना दिवस

२०७३ साउन ३२, मङ्गलबार
नेफ्स्कुनले मनायाे २९औँ स्थापना दिवस

liceHorzAlign

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)ले बचत तथा ऋण सहकारी ऐन निर्माण गर्नुपर्ने माग अघि सारेको छ । नेफ्स्कुनको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ऐन नबनेसम्म हाल संसद्मा विचाधाराधीन अवस्थामा रहेको सहकारी विधेयकमा बचत तथा ऋणसम्बन्धी छुट्टै परिच्छेद समावेश हुनुपर्नेमा जोड दिइएको थियो ।

अवसरमा बचत तथा ऋण सहकारी संस्था (साकोस) अभियानमा क्रियाशील अनिरुद्र प्रधान तथा देवकी नेपाललाई नेफ्स्कुन अग्रज व्यक्तित्व सम्मान र सहकारी पुस्तक प्रकाशन गर्दै आएका लेखक केशव बडाललाई नेफ्स्कुन विद्धता सम्मान प्रदान गरिएको थियो । मोरङस्थित फडानी साकोसका चन्द्र गौतम र दोलखास्थित भविश्य निर्माण साकोसका कृष्णकुमारी बस्नेतलाई नेफ्स्कुन संस्थापक अध्यक्ष पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै सङ्घको विकासमा सहकार्य गर्दै आएका नेदरल्यान्ड्सका एग्रिटेरालाई नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन सम्मानका साथै विभिन्न व्यक्ति तथा संस्थालाई अन्य सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विसं २०४५ मा २८ वटा बचत समूहबाट सुरु भएको नेफ्स्कुनमा हाल ७३ जिल्लाका दुई हजार ५०० भन्दा बढी संस्था आवद्ध छन् । सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा १३ हजार ४६० बचत तथा ऋण सहकारी संस्था क्रियाशील छन् ।

समुदायको हित, संरक्षण र प्रवद्र्धनका लागि उपयुक्त कानुन निर्माण गर्न राज्यसँग बहस पैरवी गर्ने र बचत तथा ऋण सहकारीको प्रवद्र्धन, विकास, व्यवसायीकरण र गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले हाल काठमाडौँ महानगरपालिकाभित्र १०० बटा साकोस छनोट गरी अनुगमन गरेको र त्यसको नतिजा हेरी भविश्यमा देशभर अनुगमन कार्यलाई अघि बढाउने योजना बनाएको छ ।

अभिलेख

लोकप्रिय