२२ कात्तिक २०८३, आईतवार

ग्रामिण संचार सहकारीको भवन ७ दिन भित्र भत्काउन वन कार्यालयको निर्देशन

२०७३ साउन २५, मङ्गलबार
ग्रामिण संचार सहकारीको भवन ७ दिन भित्र भत्काउन वन कार्यालयको निर्देशन

radio po

धादिङ । धादिङबेसी स्थित ग्रामिण संचार सहकारी संस्था लिमिटेड वन अतिक्रमण गरि भवन बनाएको भन्दै जिल्ला वन कार्यालय धादिङले ७ दिन भित्र भवन भत्काउन निर्देशन दिएको छ ।

सहकारीद्वारा रेडियो धादिङ सञ्चालित छ । वन कार्यालयले वैधानिक प्रकृयाबाट उक्त स्थानमा रेडियो स्टेशन स्थापना गर्ने अनुमति कहीँ कतैबाट प्राप्त भएको भए तुरुन्त पेश गर्न र नभएको पत्र ७ दिन भित्र वन क्षेत्र खाली गर्न भनेको छ । पत्र प्राप्त मितिले ७ दिन पछि पनि अवैधानिक तवरले वन क्षेत्रमा रेडियो सञ्चालन कार्य जारी राखेमा जुनसुकै बखत वलपूर्वक उक्त वन क्षेत्र खाली गराई कानून बमोजिम कारबाही गर्ने वन कार्यालयले जनाएको छ ।

धादिङबेसी स्थित अमरावती सामुदायीक वनक्षेत्र अतिक्रमण भएको समाचार धादिङपोष्ट डटकमले प्रकाशित गरेपछि जिल्ला वन कार्यालय धादिङले आफ्नो गतिविधि बढाई रेडियो धादिङलाई पत्राचार गरेको हो । त्यस्तै सेफ हाउस र बन्दै गरेका अन्य भवन निर्माण कर्ताहरुलाई पत्राचार गरेको छ ।

भवन बनेको स्थान अमरावती सामुदायिक वन उपभोक्ता समूह, नीलकण्ठ न.पा. वडा नं. ८,९ (साविक मुरली भन्ज्यांग गाविस वडा नं. २ र ३ साँघुटार) धादिंगलाई हस्तान्तरण गरिएको राष्ट्रिय वन क्षेत्र हो ।

तस्विर: धादिङपोष्ट डटकम

प्रकाशित मिति: २०७३ साउन २५ गते

अभिलेख

लोकप्रिय