२२ कात्तिक २०८३, आईतवार

सिमल साकोसमा नेतृत्व विकास तालिम सम्पन्न

२०७३ साउन २३, आईतवार
सिमल साकोसमा नेतृत्व विकास तालिम सम्पन्न

simal

काठमाडौं । सूर्यविनायक भक्तपुर स्थित सिमल बचत तथा ऋण सहकारी संस्था (सिमल साको)को आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको प्राविधिक सहयोगमा साउन २१ र २२ गते धुलिखेलमा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा संस्थाका सल्लाहकार, संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी, सदस्यहरु गरी २९ जनाको सहभागिता रहेको थियो ।

सहकारीले आफ्ना सदस्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक जिवनस्तर सुदृढ गर्नका साथै सहकारी संस्थाहरुलाई व्यावसायिक उन्मुख बनाउन नेतृत्व तहले गर्नुपर्ने भुमिकालाई जोड दिइ गरिएको तालिममा संघका सचिब हरि बल्लले तालिमको महत्वमाथि प्रकाश पारेका थिए । तालिममा सिकेका कुराहरु आफ्नो संस्थामा व्यवहारिक रुपमा लागु नभए सम्म तालिमको महत्व नहुने उनको भनाई थियो ।

सस्थाका अध्यक्ष लक्ष्मी भक्त खाताखोले विगत ९ वर्षमा यस सस्थाले यस्तो खाले तालिम कुनै पनि नगरेको र यस्तो तालिम कम्तिमा पनि वर्षको १ पटक गर्नु गर्नुपर्ने कुरा बताए ।

प्रकाशित मिति: २०७३ साउन २३ गते

अभिलेख

लोकप्रिय