२२ कात्तिक २०८३, आईतवार

अब बिदा भोजराज घिमिरे !

२०७३ साउन १७, सोमबार
अब बिदा भोजराज घिमिरे !

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानका शिखरपुरुष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून(का संस्थापक अध्यक्ष भोजराज घिमिरेको ८७ वर्षको उमेरमा सोमबार बिहान ३ः५० मा निधन भएको छ ।

ब्रोङ्काईटिस र निमोनियले ग्रसित घिमिरेको स्वास्थ्यमा सुधार हुन नसकेपछि आइतबार ओम अस्पताल बाट पशुपतिनाथ स्थित घाटे बैद्यकोमा लगिएको थियो । घिमिरेको सोमबार बिहान ८ बजे पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सहकारीकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

घिमिरेको नेतृत्वमा नेफ्स्कून २०४५ साल श्रावण ३२ गते स्थापना गरि २०५० सालमा विधिवत दर्ता भएको थियो । बचतको माध्यमद्वारा राष्ट्रिय पूँजि निर्माणको लहर सुरु गर्न नेपालको बचत अभियानको संस्थापक प्रणेता घिमिरे २०७३ सालमा जन्मिएका हुन् ।

अभिलेख

लोकप्रिय