२२ कात्तिक २०८३, आईतवार

जनमुखी सहकारीका अध्यक्ष र सचिव जनही ५ लाख धरौटीमा रिहा

२०७३ साउन १०, सोमबार
जनमुखी सहकारीका अध्यक्ष र सचिव जनही ५ लाख धरौटीमा रिहा

Janamukhi-Sahakari

दोलखा । जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई जिल्ला अदालत दोलखाले जनही ५ लाख धरौटीमा रिहा गरेको छ ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजालासले संस्थाका अध्यक्ष माधवप्रसाद दाहाल र सचिव कृष्णप्रसाद दाहाललाई बुधबार राति धरौटी लिई रिहा गरेको हो ।

प्रक्रिया बिना ऋण लगानी गरेको अभियोगमा कर्मचारी र ऋण उपसमितिका सदस्य पक्राउ परे पनि सञ्चालकद्वय फरार भएका थिए । उनीहरू बुधबार दिउँसो जिल्ला अदालत हाजिर भएर बयान दिएका थिए । अदालतले नियमित पेसीसमेत हटाएर बुधबार दिउँसो नै बहस गराएको थियो । बहसपछि अदालतले राति साढे ७ बजे धरौटीको आदेश दिएको थियो ।

प्रकाशित मिति: २०७३ साउन १० गते

अभिलेख

लोकप्रिय