२२ कात्तिक २०८३, आईतवार

को-अपरेटर्स एलाईन्स, ललितपुरको अधिवेशन हुँदै

२०७३ साउन ७, शुक्रबार
को-अपरेटर्स एलाईन्स, ललितपुरको अधिवेशन हुँदै

national

काठमाडौं । नेशनल को-अपरेटर्स एलाईन्स, ललितपुरको प्रथम अधिवेशन शनिवार (भोली) हुँदै छ । अधिवेशनले नेतृत्व चयन गर्ने भएकाले सहकारीकर्मीहरुको चासोका साथ लिएका छन् ।

नेतृत्व तहमा आउने आकांक्षी धेरै भएपनि सर्वसम्वत नेतृत्व चयन हुने तर्दथ समितिका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँडको प्रमुख अतिथिका साथै केन्द्रीय समितिका पदाधिकारी लगायत सहकारीकर्मीको उपस्थिती रहने छ ।

सहकारी अभियानलाई सहि गति दिन र अभियानको मूल मर्मलाई वचाउनका लागि एलायन्सको स्थापना भएको हो । हाल सम्म एलाईन्स ४६ जिल्लामा शाखा विस्तार भएको छ भने ७५ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना एलाईन्सको छ ।

अभिलेख

लोकप्रिय