२२ कात्तिक २०८३, आईतवार

सूचना चौतारीमा नयाँ नेतृत्व

२०७३ असार ३१, शुक्रबार
सूचना चौतारीमा नयाँ नेतृत्व

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाको तेस्रो साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा आशिष खड्का, सचिव निरञ्जन शेढाई, कोषाध्यक्षमा कृष्ण मगर निर्वा्चित भएका छन् । त्यस्तै सञ्चालकमा भद्रा पराजुली भण्डारी, विष्णु पाण्डे र शरद महर्जन निर्वा्चित भएका हुन् । साधारणसभाले सुशीला भट्टराई संयोजक तथा सनोज भट्टराई र रबिन्द्र अवाल सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

त्यसैगरी साधारणभाले मानार्थ अध्यक्षमा पुरुषोत्तम दाहाललाई मनोनयन गरेको छ । ओमदेवी मल्ल, भानुभक्त ढकाल, शोभाकर पराजुली, चन्द्र ढकाल, पदम दाहाल, सूर्यबहादुर नकर्मी विष्णुदेवी पाण्डे रहेको सात सदस्यीय सल्लाहकार समिति पनि सभाले चयन गरेको छ ।

प्रकाशित मिति २०७३ असार ३१

अभिलेख

लोकप्रिय