२२ कात्तिक २०८३, आईतवार

सबै राजनीतिज्ञ सहकारीमा जोडिनुपर्छ : खाँण

२०७३ असार ३१, शुक्रबार
सबै राजनीतिज्ञ सहकारीमा जोडिनुपर्छ : खाँण

khad

काठमाडौं  । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता कुनै न कुनै उद्यम व्यवसायमा क्रियाशील हुनुपर्ने बताएका छन् । साथै उनले सबै राजनीतिज्ञ कुनै न कुनै सहकारीमा जोडिनु अहिलेको अवश्यकता भएको बताए ।

सूचना चौतारी सञ्चार सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाका अवसरमा बोल्दै खाँणले कांग्रेसका पाँच लाख क्रियाशील सदस्यले उद्यम, व्यवसायमा क्रियाशील हुन सके आफू, परिवार र राष्ट्रलाई समेत फलदायी हुने बताए । पार्टीका सभापति बाहेक सबै नेताहरुलाई सहकारीमा सहभागी गराएर उद्यमशीलतामा जान आवश्यक भइसके उनको भनाई थियो । ‘सहकारीमा क्रियाशील नभएको मान्छे पार्टीमा पनि स्थान पाउन नसक्ने गरी नियम बनाएर जान जान आवश्यक भएको खाँणले जोड दिए ।

सांसद खाणले सहकारीले विभिन्न क्षेत्रमा काम गर्न सक्ने भएकाले सहकारीमा सबै क्रियाशील भएर उद्यमशील हुन नेता, कार्याकर्तालाई आग्रह गरेका हुन् । ‘नेता चन्दा मागेर होइन, उद्यममा लागेर राजनीति गर्नुपर्छ’ उनले भने ।
विचार सम्प्रेषणमा कांग्रेस कमजोर भएको ठहर गर्दै खाँणले सहकारी प्रजातान्त्रीक आचारण र व्यबहारसंग मिल्ने भएकाले सहकारबाट नै आर्थिक उन्नती हुने बताए ।

सांसद एवम् नेपाल तरुण दलका अध्यक्ष उदय शमशेर राणाले सहकारीले पचास प्रतिशत नागरिकलाई वित्तिय क्षेत्रसंग पहुँच बढाउन सपल भएको भन्दै प्रशंशा व्यक्त गरे । ‘सहकारी माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगार मात्र होइन, बजार समेत बढ्दो छ ।’ उनले भने । पछिल्लो ७ बर्ष सहकारीमा लागेर महिलाहरुको आर्थिक र सामाजिक हैसियत बढेको उनको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्लले सहकारीको शेयर पुँजी जति बढी भयो, संस्था उत्ति नै बलिया हुने बताइन् । गरिवी निवारणको पैसा सहकारी मार्फत परिचालन गर्न आवश्यक भएको उनको भनाई थियो ।
गरिवी निवारण कोष कार्यकारी निर्देशक नहकुल केसीले सहकारीमार्फत नै कोषका सबै काम अघि बढाउन चाहेको बताए । कोषकोे १२ अर्ब रुपैयाँ सहकारी क्षेत्रबाटै लगानी गर्न चाहेको उनको भनाई थियो । वित्तिय अनुशासन कायम गर्न सहकारी अग्रसर हुनुपर्ने उनले बताए । ‘गरीव लक्षित काम गर्ने गरी सहकारी गठनमा हाम्रो जोड भएपनि मन्त्रालय यसमा सकारात्मक छैन ।’ उनले भने । तर ५ सय सहकारीसँग मिलेर गरिवी निवारणको काम गर्दै आएको उनका भनाई थियो ।

अभिलेख

लोकप्रिय