२२ कात्तिक २०८३, आईतवार

किन चयन हुन सकेन नेडाकमा नयाँ नेतृत्व ?

२०७३ असार ३०, बिहिबार
किन चयन हुन सकेन नेडाकमा नयाँ नेतृत्व ?

nedak

काठमाडौं । कृषि सहकारीहरुको विकास सञ्जाल(नेडाक) को साधारणसभाले नयाँ नेतृत्व चयन नगरी सम्पन्न भएकाे छ ।

नेडाकको विनियम स्पष्ट नभएको भन्दै आउँदो जनवरीमा मात्र नयाँ नेतृत्व चयन गर्ने गरी साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा ९ जनाले साधारणसभा नगर्ने , ८ जनाले साधारणसभा गर्ने र एक जना अनुपस्थिती भएका कारण साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।

साधारणसभाको मुख्य आयोजक राष्ट्रिय सहकारी विकास बोर्डले साधारणसभा गर्नुपर्ने अडान लिएपनि नयाँ नेतृत्व चयन नगर्ने पक्षमा बहुमत देखिएपछि नयाँ नेतृत्व चयन हुन नसकेको हो ।

अहिले भारतले नेडाकको नेतृत्व गर्दै आएको छ ।  ६ महिनापछि हुने नयाँ साधारणसभामार्फत नेपालले अध्यक्षता गर्न सक्ने संभावना त्यति बलियो नभए पनि को चियर हुने संभावना रहेको छ ।

साधारणसभामा विभिन्न ८ वटा देशका २० वटा राष्ट्रिय तथा केन्द्रीय निकायहरु संलग्न छन् । नेडाकमा नेपालबाट ४, भारतबाट ७, थाईल्याण्ड र फिलिपिन्स र बंगलादेशबाट दुईदुई, इरान, श्रीलंका, चिनबाट एकएक वटा निकायले प्रतिनिधित्व गर्छन् ।

अभिलेख

लोकप्रिय