जनमुखी साकाेसका सञ्चालक जेल सजाय
प्रकाशित मिति २०७३ असार २७ गते
काठमाडौं । दोलखास्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणहरूलाई अदालतले जेल चलानको आदेश दिएको छ । सहकारीका ऋण विभागकी कर्मचारी इन्दिरा कार्की १ लाख र ऋण उपसमिति सदस्यहरू रमेश दाहाल र जुना मिजार जनही ५ लाख धरौटीमा रिहा भएका छन् ।
पुनरावेदन अदालत पाटनमा शुक्रबार बहसपछि भएको आदेशले व्यवस्थापकसहित सदस्यहरूलाई जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । जिल्ला अदालत दोलखाले डेढ महिनाअघि अभियुक्त सबैलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै विपक्षीहरू पुनरावेदन अदालत पुगेका थिए ।
पुनरावेदनको आदेशपछि व्यवस्थापक माधवप्रसाद दाहाल, अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल र ऋणहरू दीपककुमार राउत र राधाकृष्ण दाहाल पुर्पक्षमा बस्नु पर्ने भएको छ । हाल व्यवस्थापक कारागारमा छन् भने अध्यक्ष, सचिव र ऋणीद्वय फरार छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
