२२ कात्तिक २०८३, आईतवार

जनमुखी साकाेसका सञ्चालक जेल सजाय

२०७३ असार २७, सोमबार
जनमुखी साकाेसका सञ्चालक जेल सजाय

प्रकाशित मिति २०७३ असार २७ गते

Janamukhi-Sahakariकाठमाडौं । दोलखास्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणहरूलाई अदालतले जेल चलानको आदेश दिएको छ । सहकारीका ऋण विभागकी कर्मचारी इन्दिरा कार्की १ लाख र ऋण उपसमिति सदस्यहरू रमेश दाहाल र जुना मिजार जनही ५ लाख धरौटीमा रिहा भएका छन् ।

पुनरावेदन अदालत पाटनमा शुक्रबार बहसपछि भएको आदेशले व्यवस्थापकसहित सदस्यहरूलाई जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । जिल्ला अदालत दोलखाले डेढ महिनाअघि अभियुक्त सबैलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै विपक्षीहरू पुनरावेदन अदालत पुगेका थिए ।

पुनरावेदनको आदेशपछि व्यवस्थापक माधवप्रसाद दाहाल, अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल र ऋणहरू दीपककुमार राउत र राधाकृष्ण दाहाल पुर्पक्षमा बस्नु पर्ने भएको छ । हाल व्यवस्थापक कारागारमा छन् भने अध्यक्ष, सचिव र ऋणीद्वय फरार छन् ।

अभिलेख

लोकप्रिय