२२ कात्तिक २०८३, आईतवार

सहकारीका सकारात्मक समाचारमा जोड दिन सचिव अधिकारीको आग्रह

२०७३ असार २६, आईतवार
सहकारीका सकारात्मक समाचारमा जोड दिन सचिव अधिकारीको आग्रह

IMG_2793

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले सहकारीले गरेका राम्रा कामहरुको समाचारमा जोड दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

विकृतिका समाचारहरु संगै सहकारी क्षेत्रले गरेका राम्राको पनि समाचारहरु आउन सके यस क्षेत्रले उपलब्धी हासिल गर्न सकिने उनको भनाई थियो । सहकारी मन्त्रालयमा भएको नेपाल सहकारी पत्रकार समाज र मन्त्रालय बीच भएकाे छलफल कार्यक्रममा सचिव अधिकारीले शहर केन्द्रीत सहकारीमा देखिएका विकृतिलाई निवारण गर्न अभियान र सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।

सह-सचिव सुरेश प्रधानले अब सहकारी उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । देखिएको विकृतिलाई निरुत्साहित गर्दै उत्पादन केन्द्रीत गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति २०७३ असार २६ गते

अभिलेख

लोकप्रिय