सहकारी बैंक १४ वर्षमा प्रवेश, यस्तो छ वित्तिय अवस्था !
काठमाडौं । राष्ट्रिय सहकारी बैंक १४ वर्षमा प्रवेश गरेको छ । सहकारी बैंक २०६० असार २५ गते विधिवत रुपमा सहकारी विभागमा दर्ता भएको थियो । त्यसपछि बैंकले आफ्नो विनियम र सहकारी ऐन २०४८ अनुसार २०६० पुष १९ र २० गते प्रारम्भिक साधारणसभा गरि सञ्चालक समिति र लेखा समितिको चयन गरेको थियो ।
बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाहरु बीच २०६१ श्रावण १९ गते देखि वित्तिय कारोवार शुरु गर्दै आएको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुँदै आएको यस वैंकले २०६७ साउन १० गते देखि नेपाल राष्ट्र वैंकवाट सिमित वैंकिंग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । वैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध छन् ।
बैंकमा हाल ७५ जिल्लाका आठ हजार दुई सय भन्दा बढी सहकारी संघ/संस्था शेयर सदस्य छन् । ३७ शाखा र १ केन्द्रीय कार्यालय गरी ३८ स्थानबाट ७१ करोड शेयर पूँजि संकलन, १० अर्ब निक्षेप संकलन, करिब ६ अर्व कर्जा लगानी सहित करिब ११ अर्बको कारोबार भैरहेको बैंकले जनाएको छ । बैंकमा हाल २०० जना कर्मचारीहरु कार्यरत छन् भने आवद्ध संघ÷संस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष करिब २५ लाख भन्दा बढी जनता आवद्ध छन् ।
बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।
प्रकाशित मिति: २०७३ असार २५
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
