विश्वास र भरोसा नगुमाउन अर्थमन्त्रीको अाग्रह
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रीय सहकारी बैंकको १४ औं स्थापना दिवसको अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक विकासकालागि सहकारी सशक्त र प्रभावकारी हुने बताएका हुन् ।
संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको चर्चा गर्दै पौडेलले सहकारीले नै समाजवादको बाटो पछ्याउन सक्ने बताएका हुन् । सहकारीप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको भन्दै अर्थमन्त्री पौडेलले सहकारीले विश्वास र भरोसा गुमाउन नहुने बताए ।
सांसद एव्म नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख बालकृष्ण खाणले राज्यका घोषित लक्ष्य पूरा गर्न सहकारीले सक्ने विश्वास व्यक्त गरे । सहकारी र राज्यको ऐनका सम्बन्धमा चुम्बकको धुर्वजस्तो देखिएको चर्चा गर्दै खाणले सहकारीमैत्री ऐन ल्याउनमा पहल थाल्ने बताए । एकदुईवटा घटना हेरेर सिंगो सहकारी डुबाउने गरी ऐन ल्याउन नहुने उनको भनाई थियो ।
सांसद एवंम् नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाईले संविधानले परिकल्पना गरे अनुरुप समाजवादतर्फ उन्मुख हुन सहकारीको विकल्प नभएको बताए । सहकारी बैंकले शेयर पूँजीको आधारमा भन्दा पनि सबै सदस्यलाई सेवा दिन केन्द्रीत हुनुपर्ने उनको भनाई थियो । सहकारी र लोकतन्त्र पर्यायवाचीको रुपमा रहेको चर्चा गर्दै चौलागाईले सहकारीले शहरकेन्द्रीत मात्र नभई ग्रमीण भेगमा सेवा दिन सक्नुपर्ने बताए । सहकारी विधेयक सरकारको खल्तीमा विचाराधीन भएको भन्दै उनले छिटोभन्दा छिटो सहकारीमैत्री ऐन ल्याउनुपर्नेमा जोड दिए ।
सांसद एव्म राष्टिय सहकारी संघका अध्यक्ष केशव बडालले केही सहकारीले गरेको अपराध देखाएर सहकारीलाई खेद्न नहुने बताए । सहकारी आन्दोलनलाई कुण्ठित बनाउन तर्फ कोही लाग्न नहुने बताए ।
राष्ट्रीय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उपे्रतीले बैंकले हालसम्म गरेको उपलब्धी र आगमी दिनमा गर्ने कार्यक्रम बारेमा चर्चा गरेका थिए ।
प्रकाशित मिति: २०७३ असार २५ गते शनिबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
