२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंक १४ वर्षमा प्रवेश, यस्तो छ वित्तिय अवस्था !

२०७३ असार २५, शनिवार
सहकारी बैंक १४ वर्षमा प्रवेश, यस्तो छ वित्तिय अवस्था !

National Cooperative Bankकाठमाडौं । राष्ट्रिय सहकारी बैंक १४ वर्षमा प्रवेश गरेको छ । सहकारी बैंक २०६० असार २५ गते विधिवत रुपमा सहकारी विभागमा दर्ता भएको थियो । त्यसपछि बैंकले आफ्नो विनियम र सहकारी ऐन २०४८ अनुसार २०६० पुष १९ र २० गते प्रारम्भिक साधारणसभा गरि सञ्चालक समिति र लेखा समितिको चयन गरेको थियो ।

बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाहरु बीच २०६१ श्रावण १९ गते देखि वित्तिय कारोवार शुरु गर्दै आएको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुँदै आएको यस वैंकले २०६७ साउन १० गते देखि नेपाल राष्ट्र वैंकवाट सिमित वैंकिंग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । वैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध छन् ।

बैंकमा हाल ७५ जिल्लाका आठ हजार दुई सय भन्दा बढी सहकारी संघ/संस्था शेयर सदस्य छन् । ३७ शाखा र १ केन्द्रीय कार्यालय गरी ३८ स्थानबाट ७१ करोड शेयर पूँजि संकलन, १० अर्ब निक्षेप संकलन, करिब ६ अर्व कर्जा लगानी सहित करिब ११ अर्बको कारोबार भैरहेको बैंकले जनाएको छ । बैंकमा हाल २०० जना कर्मचारीहरु कार्यरत छन् भने आवद्ध संघ÷संस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष करिब २५ लाख भन्दा बढी जनता आवद्ध छन् ।

बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।

प्रकाशित मिति: २०७३ असार २५

अभिलेख

लोकप्रिय