२२ कात्तिक २०८३, आईतवार

विश्वास र भरोसा नगुमाउन अर्थमन्त्रीको अाग्रह

२०७३ असार २५, शनिवार
विश्वास र भरोसा नगुमाउन अर्थमन्त्रीको अाग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रीय सहकारी बैंकको १४ औं स्थापना दिवसको अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक विकासकालागि सहकारी सशक्त र प्रभावकारी हुने बताएका हुन् ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको चर्चा गर्दै पौडेलले सहकारीले नै समाजवादको बाटो पछ्याउन सक्ने बताएका हुन् । सहकारीप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको भन्दै अर्थमन्त्री पौडेलले सहकारीले विश्वास र भरोसा गुमाउन नहुने बताए ।

सांसद एव्म नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख बालकृष्ण खाणले राज्यका घोषित लक्ष्य पूरा गर्न सहकारीले सक्ने विश्वास व्यक्त गरे । सहकारी र राज्यको ऐनका सम्बन्धमा चुम्बकको धुर्वजस्तो देखिएको चर्चा गर्दै खाणले सहकारीमैत्री ऐन ल्याउनमा पहल थाल्ने बताए । एकदुईवटा घटना हेरेर सिंगो सहकारी डुबाउने गरी ऐन ल्याउन नहुने उनको भनाई थियो ।

सांसद एवंम् नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाईले संविधानले परिकल्पना गरे अनुरुप समाजवादतर्फ उन्मुख हुन सहकारीको विकल्प नभएको बताए । सहकारी बैंकले शेयर पूँजीको आधारमा भन्दा पनि सबै सदस्यलाई सेवा दिन केन्द्रीत हुनुपर्ने उनको भनाई थियो । सहकारी र लोकतन्त्र पर्यायवाचीको रुपमा रहेको चर्चा गर्दै चौलागाईले सहकारीले शहरकेन्द्रीत मात्र नभई ग्रमीण भेगमा सेवा दिन सक्नुपर्ने बताए ।  सहकारी विधेयक सरकारको खल्तीमा विचाराधीन भएको भन्दै उनले छिटोभन्दा छिटो सहकारीमैत्री ऐन ल्याउनुपर्नेमा जोड दिए ।

सांसद एव्म राष्टिय सहकारी संघका अध्यक्ष केशव बडालले केही सहकारीले गरेको अपराध देखाएर सहकारीलाई खेद्न नहुने बताए । सहकारी आन्दोलनलाई कुण्ठित बनाउन तर्फ कोही लाग्न नहुने बताए ।

राष्ट्रीय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उपे्रतीले बैंकले हालसम्म गरेको उपलब्धी र आगमी दिनमा गर्ने कार्यक्रम बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति: २०७३ असार २५ गते शनिबार

अभिलेख

लोकप्रिय