सहकारी ऐनको धज्जी उडाउँदै केन्द्रीय संघ, सहकारी विभाग मौन

काठमाडौं । प्रारम्भिक सहकारी संस्थालाई नियम कानुन सिकाउने अभिभावक केन्द्रीय संघहरु आफैले सहकारीका ऐन नियमको धज्जी उडाएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा केही केन्द्रीय संघहरु धमाधम साधारणसभा गर्न लागिरहेका छन् ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले शुक्रबार मात्र साधारणसभा गर्र्यो भने शनिबार सुचना तथा संचार र स्वास्थ्य सहकारी केन्द्रीय संघले साधारणसभा गरिरहेका छन् । शुक्रबार सहकारी प्रशिक्षण केन्द्रमा भएको मौरीपालन संघको छैटौं साधारणसभामा सहभागी अतिथिहरुले ढिलो साधारणसभा गराएको भन्दै आलोचना गरेका थिए । सोही कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केशब रेग्मीलाई अतिथिको रुपमा बोलाइएपनि समयमै साधारणसभामा नगराएको भन्दै सहभागी भएनन् । त्यस्तै स्वास्थ्य केन्द्रीय संघका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे सहकारीका विभिन्न कार्यक्रममा ऐन नियमका कुरा सिकाउँदै हिड्ने गरेका छन् । तर उनैले नेतृत्व गरेको केन्द्रीय संघले भने सहकारी ऐन नियमको खिल्ली उडाएको छ ।
सहकारी ऐन २०४८ र मापदण्ड २०६८ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर ऐनलाई वेवास्ता गर्दै केही केन्द्रीय संघहरु साधारणसभा गरेका छन् । केन्द्रीय संघले सदस्य संस्थालाई समयमै साधारणसभा गराउन निर्देशन नियामक निकाय सहकारी विभागले पनि कुनै निर्देशन दिन सकेको छैन ।
विभागले सहकारीका संघहरुलाई दिने अनुदान रकम भने साधारणसभा गर्ने संघहरुलाई मात्र दिएको छ । विभागकै अनुदान नपाएपछि संघहरु हतारहतार साधारणसभामा जुटेका हुन् ।
प्रकाशित मिति: २०७३ असार २५ गते शनिबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
