नेडाकको गोष्ठी तथा साधारणसभा असार २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । कृषि सहकारीहरुको विकास सञ्जाल (नेडाक) को गोष्ठी तथा साधारणसभा असार २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।
एसिया प्यसोफिक क्षेत्रका राष्ट्रहरुको कृषि सहकारीका माध्यमबाट कृषि क्षेत्रको विकासका लागि सरकारको ध्यान अकर्षित गर्न, सदस्य राष्ट्रहरुको आपसी सम्बन्धमा विकास गरी सीप, ज्ञान र सूचना आदान प्रदान गर्न गोष्ठी गर्न लागिएको हो ।
नेडाकमा नेपालका तर्फबाट सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र कृषि केन्द्रीय सहकरी संघ सदस्य छन् । सो अवसरमा जडिबुटी, मह र ट्राउट माछाका बारेमा कार्यपत्र प्रस्तुत हुने छन् ।
हाल नेडाकमा विभिन्न ८ वटा देशका २० वटा राष्ट्रिय तथा केन्द्रीय निकायहरु छन् । नेडाकमा नेपालबाट ४, भारतबाट ७, थाईल्याण्ड र फिलिपिन्स र बंगलादेशबाट दुईदुई, इरान, श्रीलंका, चिनबाट एकएक वटा निकायले प्रतिनिधित्व गर्छन् ।
हरेक २ वर्षमा हुने साधारणसभा सन् २००३ मा नेपालले पहिलो पटक कार्यक्रम गरेको थियो । यस वर्ष नेडाकले नयाँ नेतृत्वसमेत पाउने छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले कृषिमा आत्मनिर्भर हुनका लागि सहकारी क्रियाशील हुन आवश्यक भएको बताए । ‘नेपालको अर्थतन्त्र उकास्ने कृषि नै हो, सहकारीले कृषिमा लगानी गर्नुको विकल्प छैन्’ उनले भने ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बैंकले साढे ६ अर्बको २५ प्रतिशत लगानी कृषिमा गरेको जानकारी दिए । ‘हाम्रो लगानीको प्राथमिकता कृषिमै छ, तर कृषिमा लगानी गर्न केही समस्या छ’ उनले भने । कृषि प्रविधि भित्राउन, नेपाली उत्पादनको ब्रान्डिङ गर्न आवश्यक भएको बताए । राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले पनि एक गाउँ एक उत्पादनको कार्यत्रम सञ्चालन गर्नेे बताइन । गोरखा र लतितपुरमा उक्त कार्यक्रम सञ्चालन भइसकेको उनीको भनाई थियो ।
कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले निर्वाहमुखी खेतीबाट बिस्तारै व्यवसायमुखी बन्दै गएको बताए । उनले आफ्ना सहकारीमार्फत ३५ अर्ब लगानी भएको बताए । ‘बजारको समस्या छ, बजार हुन सक्यो भने कृषिमा लाग्नेको अझ उत्साह बढ्न सक्थ्यो’ उनले भने । खाद्य, उद्योग, कृषि यान्त्रीकरणमामा कृषक आकर्षित भएको उनको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
