२२ कात्तिक २०८३, आईतवार

कृषि क्षेत्र तर्फ सहकारी उन्मुख हुनुपर्छ: मानवी

२०७३ असार २२, बुधबार
कृषि क्षेत्र तर्फ सहकारी उन्मुख हुनुपर्छ: मानवी

gosthi

काठमाडौं । पशुपक्षि विकास मन्त्री शान्ता मानवीले नेपालका सहकारी बचत तथा ऋणमा मात्र केन्द्रीत रहेको बताउँदै अब कृषि क्षेत्र तर्फ सहकारी उन्मुख हुनुपर्ने बताएकी छिन् ।

सहकारीले कृषि र पशुपालन क्षेत्र लगानी गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउनु पर्ने बताईन । राष्ट्रीय सहकारी संघको आयोजनामा भएको गोष्ठीमा बोल्दै मानवीले सहकारीकै कारण महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएको बताईन । सहकारी संघ/संस्थाको नेतृत्व तहमा महिला सहभागिता कम भएको बताउँदै मानवीले आगामी दिनमा बढाउन जोड दिए ।

कार्यक्रममा राष्ट्रीय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका नेतृत्वमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने बताईन । सहकारीमा ४६ प्रतिशत सहभागीता रहेपनि नेतृत्व तहमा कम रहेको बताईन । केन्द्रीय संघमा पनि आफ्नो कार्यकाल भित्रै ३३ प्रतिश महिला सहभागीता पुर्याउने दाबी गरीन ।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले नेपालमा महिलाहरुले मात्रै नेतृत्व गरेको सहकारी सफल भएको बताए । महिलाले नेतृत्व गरेको सहकारीमा कम विकृती देखिएको बताउँदै कडेंलले महिला जिम्मेवारी पूर्वक काम गर्ने भएकाले सफल भएको बताए ।

प्रकाशित  मिति  : २०७३ असार २२ गते ।

अभिलेख

लोकप्रिय