२२ कात्तिक २०८३, आईतवार

१ हजार ८ सय सदस्यलाई सहकारी शिक्षा तालिम

२०७३ असार २०, सोमबार
१ हजार ८ सय सदस्यलाई सहकारी शिक्षा तालिम

dumaraban1

बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले आफ्ना १ हजार ८ सय सदस्यलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको माघ देखि असार सम्म आफ्नो कार्यक्षेत्र भित्र रहेका ५वटा सेवा कार्यालय मार्फत सदस्यहरुलाई प्रशिक्षण दिएको हो । जस अन्तरगत डुमरबाना, निजगढ, सिमरामा , कतर्वा र कोल्हवीमा आवद्ध उक्त संख्यका साना किसान सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको हो ।

तालिममा सहकारी ऐन, नियमावली, मापदण्ड र आचारसंहिताका साथै कृषि उत्पादन वृद्धिका लागि साना किसानको भुमिकाका बारेमा समेत प्रशिक्षण दिइएको संस्थाका मुख्यप्रबन्धक नारायण क्षेत्रीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय