२२ कात्तिक २०८३, आईतवार

संचय कोषले सहकारीमा लगानी गर्न पाउनुपर्नेमा बडाल र मल्लको लविङ

२०७३ असार २०, सोमबार
संचय कोषले सहकारीमा लगानी गर्न पाउनुपर्नेमा बडाल र मल्लको लविङ

काठमाडौं । सांसद् केशव बडाल र ओमदेवी मल्लले कर्मचारी संचय कोष (नवौं संशोधन) विधेयकमा कर्मचारी संचय कोषले सहकारीमा लगानी गर्न पाउने गरी कानून बनाइनुपर्ने बताएका छन् ।

कोषको संशोधन विधेयकमाथि तयार प्रतिवेदनमाथि छलफल गर्न सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा वडाल र मल्लले यस्तो बताएका हुन् । सहकारी सामाजिक व्यवसाय भएकाले संचयकर्ताहरुको बचत परिचालन गर्ने संचय कोषले सहकारीमा पनि लगानी गर्न पाउने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिए ।

बैठकमा कर्मचारी संचय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने कोषको लगानीको उद्देश्य र सहकारीको उद्देष्य फरक रहेको भन्दै कोषले ठूला पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रीत गर्ने गरी कानून बनाउनु पर्ने बताए ।

आचार्यले सहकारीमा लगानी जोखिमपूर्ण हुने बताएपछि समितिले कोषले सरकार र सरकारी स्वामित्वमा रहेको निकायबाट प्रवद्धित उर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि विकास र ठूला पूर्वाधारका शेयरमा लगानी गर्ने गरी कोष सम्बन्धी उपसमितिको प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति : २०७३ असार २० गते सोमबार

अभिलेख

लोकप्रिय