२२ कात्तिक २०८३, आईतवार

एकै पटक परे यति धेरै सहकारी कारबाहीमा !

२०७३ असार १६, बिहिबार
एकै पटक परे यति धेरै सहकारी कारबाहीमा !
सिराह । सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ ।
style="text-align: justify;">
style="text-align: justify;">आव २०७१/७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ । सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आव २०७२/७३ मा एक लाख सात हजार राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
style="text-align: justify;">
style="text-align: justify;">समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट एक हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ । आव २०७०/७१ मा कार्यालयले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ सहकारी संस्थाबाट जरिवानास्वरुप ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।
style="text-align: justify;"> style="text-align: justify;">सिरहामा सात सय र सप्तरीमा ५५० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सिरहाका १२ र सप्तरीका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । style="text-align: justify;"> style="text-align: justify;">प्रकाशित मिति : २०७३ असार १६ गते बिहिबार class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2016/06/30/%e0%a4%8f%e0%a4%95%e0%a5%88-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%87-%e0%a4%af%e0%a4%a4%e0%a4%bf-%e0%a4%a7%e0%a5%87%e0%a4%b0%e0%a5%88-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय