२२ कात्तिक २०८३, आईतवार

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन ललितपुर जिल्ला संघले क्षेत्रगत संयोजक तोक्यो

२०७३ असार १६, बिहिबार
अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन ललितपुर जिल्ला संघले क्षेत्रगत संयोजक तोक्यो

international day of cooperativeकाठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा भव्य रुपमा मनाउने गरी तयारी शुरु भएको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघको आह्वान अनुरुपको मानव साङ्लो निर्माण गर्ने जिल्ला संघले क्षेत्रगत संयोजक समेत तोकेको छ । संघले चक्रपथ परिसरमा मानव साङ्लो निर्माण गर्ने गरि चोक अनुसारको संयोक तोकेको हो ।

बालकुमारी चोक परिसरमा नानीकाजी शाक्य, ग्वार्खो चोक परिसरमा शशिधर पोखरेल, सातदोबाटो चोक परिसर शरदकुमार मर्हजन, महालक्ष्मीचोक परिसरमा जगतलाल महर्जन, एकान्तकुना चोक परिसर राजु ताम्राकार, धोवीघाट चोक परिसर राजु खतिवडा र सानोपा चोक परिसरमा माधवप्रसाद तिमल्सिना संयोजक तोकेको हो ।

प्रकाशित मिति: २०७३ असार १६ गते बिहिबार

अभिलेख

लोकप्रिय