२२ कात्तिक २०८३, आईतवार

मानवसाङ्लो प्रदर्शनमा सहभागी हुन उपभोक्ता संघको अनुरोध

२०७३ असार १५, बुधबार
मानवसाङ्लो प्रदर्शनमा सहभागी हुन उपभोक्ता संघको अनुरोध

International-Day-of-Cooperatives-2016काठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिने बृहत मानवसाङ्लो प्रदर्शनमा सहभागी हुन नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघले सम्पूर्ण सहकारीकर्मीहरु लाई अनुरोध गरेको छ ।

मेचीमहाकाली मानवसाङलो प्रदर्शनको क्रममा काठमाडौं उपत्यका लगायत जिल्लाहरुका विभिन्न विषयगत संघहरुको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । जुलाई महिनाको पहिलो शनिवार अन्तरराष्ट्रिय सहकारी दिवस यस वर्ष जुलाई २ अर्थात असार १८ गते मनाइदै छ ।

अन्तरराष्ट्रिय सहकारी महासंघको आह्वानमा विश्वभर “सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति” मूलनाराका साथ विश्वभर मानवसाङलो र विभिन्न रचनात्मक क्रियाकलाप आयोजना गर्ने निर्णय नेपालले पनि कार्यान्वयन गरिरहेको छ ।

अभिलेख

लोकप्रिय