विकू बचतको सेवा २४ सै घण्टा खुल्ला !
नवलपरासी । गैडाकोटमा केन्द्रिय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि आधुनिक र प्रतिस्प्रर्धी सेवा दिने क्रममा थप नयाँ सेवाको सुरुवात गरेको छ । संस्थाले जनाए अनुसार अब विकूका सदस्यहरुले २४ सै घण्टा खातामा रकम जम्मा गरिदिन तथा निकाल्न सक्ने भएका छन् ।
विकूले केही महिना अघिदेखि संचालनमा ल्याएको ‘विकू स्मार्ट बैकिङ्ग’ मोबाइल एप्सकोे फण्ड ट्रान्सफर सेवा मार्फत यो गर्न सकिन भएको हो । यसका साथै मोबाइल रिर्चाज, टेलिफोन तथा एडिएसएल बिल भ’क्तानी, नगद मौज्दातको जानकारी, मिनि स्टेटमेण्ट, लगाएतका सुविधाहरु पनि अब २४ घण्टा नै उपलब्ध हुने छन् । ‘गुगल प्ले स्टोर’बाट सजिलै डाउनलोड गर्न सकिने यो एप्स सचालन गर्न सजिलो तथा सुरक्षित रहेको साथै नेपाली र अंग्रेजी दुबै भाषामा संचालन गर्न सकिने विकूले जनाएको छ । ३६५ दिन नै बैकिङ्ग सेवा दिई रहेको विकू अब ‘विकू स्मार्ट बैकिङ्ग’ मोबाइल एप्स मार्फत अब चौबिसै घण्टा पनि खुल्ला रहने संस्थाका अधिकृत राम प्रसाद भूसालले जानकारी दिए ।
२०४८ सालमा स्थापना भएको विकू बचतको हाल २४ हजार सदस्य, ८ वटा सेवाकेन्द्र र कुल पूँजी २ अर्ब रहेको छ ।
प्रकाशित मिति: २०७३ असार १३ गते सोमबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
