सहकारी-सहकारी बीच अन्तरक्रिया

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था र हविनस्थित सगुन सहकारीवीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारीको छैटौं सिद्धान्त सहकारीबीच सहयोगको भावनालाई आत्मसात गर्दै मध्यतराईमा रहेका दुई उत्कृष्ट सहकारी संस्थाहरुवीच अनुभवको आदानप्रदानका लागि भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरुवीच नमूना अभ्यास र अनुभवको आदानप्रदानका लागि हातेमालोको नियमित अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको बताए ।
सगुन सहकारी एवम् जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेले आफुहरुले वित्तिय क्षेत्रमा सफलतासंगै शिक्षा क्षेत्रमा हात हालेको बताउदै त्यसका लागि राज्यले कानूनी अडचन सिर्जना गरेको बताउदै त्यसलाई समाधान गर्न माग गरे ।
कार्यक्रममा सर्लाही जिल्ला संघका उपाध्यक्ष हरेन्द्र राउत, रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका विभु पोखरेल, सगुन सहकारीका लेखा संयोजक केशव ढकाल, सचिव बिदुर प्याकुरेल, सञ्चालक राजकुमार प्याकुरेल, नेफ्स्कून फिल्ड कार्यालयका राजेन्द्र ढकाल, हातेमालो सहकारीका उपाध्यक्ष सीता गुरुङ, लेखा सदस्य किशोर शर्मा, सञ्चालकहरु सुशिला आचार्य र बिदुर घिमिरे, व्यवस्थापक महेश ढुंगेल र सहायक मञ्जु शर्मालगायतको सहभागिता रहेको थियो ।
२०५६ सालमा स्थापित सगुनले सात हजार पांच सय सदस्यहरुबीच ९१ करोडको कारोवार गरिरहेको छ । गुणस्तरीय वित्तिय सेवासंगै संस्थासमेतको प्रवद्र्धनमा विद्यालय सञ्चालन गर्ने तयारी भइ रहेको छ । त्यस्तै २०६५ सालमा स्थापित हातेमालो सहकारीमा २१०० सदस्यहरुवीच २१ करोडको कारोवार गरिरहेको छ ।
प्रकाशित मिति: २०७३ असार ११ गते शनिबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
