२२ कात्तिक २०८३, आईतवार

सहकारीको सदस्य बनेर मात्र कारोबार गर्न आग्रह

२०७३ असार ११, शनिवार
सहकारीको सदस्य बनेर मात्र कारोबार गर्न आग्रह

coop member

बागलुङ । सहकारीका सदस्यहरुलाई संस्थाको नीति नियम र संस्थाले प्रदान गर्दै आएका सेवा सुविधाको बारे जानकारी दिने अभिप्रायले एकता सहकारी संस्था लि. वागलुङले आज होटल पिस प्यालेस वागलुङ बजारमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

सहकारी शिक्षा तालिमको सहजिकरण गर्दै बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष तथा एकता सहकारी संस्थाका संस्थापक अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी ऐन नियम र मापदण्डमा बिना सदस्य कोही कसैबाट बचत संकलन गर्न नपाईने प्रावधान रहेको बचतकर्तालाई संस्थाले शेयर सदस्य बन्ने मौका दिएकाले सवैलाई शेयर बन्न आग्रह गरे ।

कार्यक्रममा संस्थाको प्रगती र सहभागिहरुवाट उठेका जिज्ञासाहरुलाई सचिव महेशचन्द्र प्रधानले प्रष्ट पारे ।

प्रकाशित मिति: २०७३ असार ११ गते शनिबार

अभिलेख

लोकप्रिय