२२ कात्तिक २०८३, आईतवार

सहकारीकर्मीले मेची-महाकाली मानव साङ्लो गर्ने

२०७३ असार १०, शुक्रबार
सहकारीकर्मीले मेची-महाकाली मानव साङ्लो गर्ने

international day of cooperativeकाठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन मेची-महाकाली विशाल मानव साङ्लो प्रदर्शनीमा भाग लिन राष्ट्रीय सहकारी संघले आव्हान गरेको छ ।

सहकारी आन्दोलन प्रतिको ऐक्यवद्धता तथा सहकारीलाई दिगो भविष्य निर्माणको लागि आधारशिलाको रुपमा स्थापित गर्न छिमेकी सहकारी संघ/संस्थाहरूसँगको समन्वय र सहकार्य गरी आ–आफ्नो पायक पर्ने स्थानमा भेला भई सहकारीको झण्डा हातहातमा लिई मानव साङ्लो प्रदर्शनीमा भाग लिन आव्हान गरेको हो ।

असार १८ गते विहान ७ वजेदेखि ९ वजेसम्म प्रदर्शनीमा भाग लिई समुदायमा सहकारीको अपरिहार्यतालाई प्रतिविम्वित गर्न गराउन समेत सम्पूर्ण सहकारीकर्मीमा संघले आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७३ असार १० गते शुक्रबार

अभिलेख

लोकप्रिय