२२ कात्तिक २०८३, आईतवार

कालिका महिला सहकारीका शेयर सदस्यलाई प्याड बनाउने तालिम

२०७३ असार १०, शुक्रबार
कालिका महिला सहकारीका शेयर सदस्यलाई प्याड बनाउने तालिम

traning

बागलुङ । कालिका महिला विकास सहकारी संस्था लिमिटेड बागलुङले आदर्श सञ्चार सहकारी संस्थाको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुका लागि आयोजना गरेको एक दिने प्याड बनाउँने तालिम बिहीवार सम्पन्न भएको छ ।

बजारबाट खरिद गरेको भन्दा आफैले बनाएको प्याड सस्तो र स्वास्थकर हुने भएकाले शेयर सदस्यहरुको स्वास्थ्य र वचतलाई प्राथमिकता दिएर तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । स्थानीय स्रोत प्रयोग गरेर सहजै रुपमा सजिलो प्याड बनाउन सकिने भएकाले घरेलु प्याडतर्फ धौलागिरिका महिलाहरुको आकर्षण बढेको छ ।

तालिममा प्रशिक्षण दिदै आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले परिवारका सदस्यहरुको लागि सजक रहने महिलाहरु आफ्नो स्वास्थप्रति पनि सजक हुनुपर्ने बताईन । उनले महिनावारी भएको समयमा अन्य समयमा भन्दा बढी आफ्नो ख्याल राख्नुपर्ने भन्दै घरमा एक पटक बनाएको प्याड सफा गरेर पटक पटक प्रायेग गर्न सकिने भएकोले खर्च कटौती भई वचतमा वृद्धि हुने धारणा राखिन ।
तालिममा संस्थाका सञ्चालक तथा शेयर सदस्यहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा गत वैशाख १० गते भएको आगलागीबाट पीडित शेयर सदस्य पुनावती सापकोटां तिन हजार रुपैया राहात रकम प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय