अन्तर्राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउन विश्वभर आव्हान
काठमाडौं । भिश्वभर ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस जुलाई ४ अर्थात आषाढ १८ गते शनिवार यो दिवस मनाउदैंछ ।
प्रत्येक वर्ष जुलाईको पहिलो शनिवारका दिन विश्वव्यापी रुपमा सहकारी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले यस वर्षको नारा ‘दिगो विकासका लक्ष हासिल गर्न सहकारीको भूमिका’ तय गरेको छ । नाराले विशेष गरी तीन कुरा फोकस गरेको छ, चरम गरीबी, असमानताको अन्त्य र जलवायु परिवर्तनको सामाधान । १५ वर्ष भित्र यि लक्ष्य हासील गर्ने लक्ष्य लिईएको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन शुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र संघले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउन थालेको हो ।
संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुलाई समेत यो दिवस भव्य रुपमा मनाउन आव्हान समेत गर्दै आइरहेको छ । यति मात्र नभई यो दिवस संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले एउटै लक्ष र उद्देश्यका साथ भब्य रुपमा प्रत्येक बर्ष जुलाईको पहिलो शनिवार मनाउने निर्णय गरेका हुन ।
बिश्वमा सहकारीका माध्यमले सामाजिक, आर्थिक रुपान्तरण भएका थुप्रै उदाहरण छन् । खास गरी कृषिका बिविध पक्षहरुमा यसको उल्लेख्य भूमिका अग्रणि छ ब्यावसायिक खेति, दुग्ध उत्पादन र प्रशोधन, सहकारी उद्योग, बैंक एवं बित्तिय संस्थाहरुको उल्लेख्य भूमिका अतुलनीय छ । नेपालमा पनि यो दिवस बिभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारी दिवस भव्य रुपमा मनाउन विश्वभर आव्हान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार