एमाले केन्द्रीय सहकारी विभागको सचिवमा उप्रेती

काठमाडौं । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सोमबार सम्पन्न वैठकले विभागको सचिवमा के.बी.उप्रेतीलाई सचिवमा सर्वसम्मत चयन गरेको छ । उप्रेती राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक हुन् ।
एमाले स्थायी समितिले २५ सदस्यीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको थियो । विभागिय प्रमुख तथा पार्टी पोलिटव्यूरो सदस्य पशुपति चौलागाईको अध्यक्षतामा सम्पन्न वैठकले उप्रेतीलाई सचिवमा चयन गरेको हो ।
वैठकमा विभागका निवर्तमान प्रमुख केशव बडालले वर्तमान प्रमुख चौलागाइलाई पद हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै बडालले स्वाधीन र स्वतन्त्र मुलुक निर्माणका लागि देशको अर्थतन्त्र बलियो हुनु पर्ने र त्यसका लागि सहकारी प्रभावकारी उपाय भएको बताए । उनले नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक उल्लेख गरिएको चर्चा गर्दै समाजवादी शासन व्यवस्थाको जग सहकारी नै भएकाले यसको प्रवद्र्धनका लागि सबै जुट्नु पर्नेमा जोड दिए ।
विभागीय प्रमुख चौलागाईले संविधानले परिकल्पना गरेको समृद्ध मुलुक निर्माणका लागि सहकारी अभियानको योगदान बढाउन आवश्यक रहेको बताए । वैठकले सहकारीको विकास गरी समृद्ध मुलुक निर्माणका लागि सहकारी ऐनलाई गतिशिल र सहकारी मूल्य मान्यतामा अनुसार ल्याउन सरकारसंग माग गर्ने निर्णय गरेको सचिव उप्रेतीले जानकारी दिए ।
प्रकाशित मिति : २०७३/०३ /०७ गते मंगलबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
