२२ कात्तिक २०८३, आईतवार

सुर्खेतका सहकारीकर्मी सिवाईसी साकोसमा

२०७३ असार ६, सोमबार
सुर्खेतका सहकारीकर्मी सिवाईसी साकोसमा

cyc

बागलुङ । सुर्खेत स्थीत पाईनीयर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र उपसमितिका पदाधिकारीहरुले वागलुङ बजारमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको स्थलगत अवलोकन गरेका छन् । देशका उत्कृष्ठ सहकारीहरुको भ्रमणमा निक्लेको टोली र सिवाईसी साकोस विच सोमवार संस्थाको सभाहल वागलुङ बजारमा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसका गतिविधि र समग्र वागलुङ जिल्लाको सहकारी अभियानका बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देशमा रहेको सहकारीहरु विच सहकार्य र एक आपासमा अनुभव आदान प्रदान र स्थलगत अवलोकनले संस्था सञ्चालनमा महत्वपूर्ण सिकाई हुने बताए ।

कार्यक्रममा पाईनियर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतका अध्यक्ष भिम भण्डारीले भ्रमण कार्यक्रमको अपेक्षा र सिवाईसी साकोसले छोटो समयमा गरेको प्रगतीवाट आफुहरु प्रभावित भएको बताए । संस्थाले छोटो समयमा अञ्चलकै उत्कृष्ठ सहकारी, उत्कृष्ठ करदाता, जिल्लामै सवैभन्दा वढि शेयर पुँजी र शेयर सदस्य, संस्थागत कोष, सदस्य सेवाकेन्द्र सञ्चालन र सामाजिक सुरक्षा र मानविय समवेदनामा गरेको अभ्यासलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७३/०३/०६ गते सोमबार

अभिलेख

लोकप्रिय