२२ कात्तिक २०८३, आईतवार

सहकारी ऐन जारी गर्न प्रधानमन्त्री सकारात्मक

२०७३ असार ६, सोमबार
सहकारी ऐन जारी गर्न प्रधानमन्त्री सकारात्मक

pm and coop

काठमाडौं । राष्ट्रिय सहकारी संघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी विज्ञप्ति बुझाएको छ ।

सरकारले अघि बढाएको प्रस्तावित सहकारी ऐनमा सहकारी अभियानको सुझाव नसमेटिएको भन्दै संघले प्रम ओलीलाई विज्ञप्ति बुझाएको हो ।

संघका अध्यक्ष केशब प्रसाद बडालको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई अभियानका ४२ बुँदे असहमतीका विषय बुझाएको छ । यस अघि संघले सहकारी तथा गरीबी निवारण मन्त्रालय, विधेयक समितिमा असहमतीका विषय पेश गरेको थियो ।

भेटमा प्रम ओलीले अभियानका असहमतिका विषयहरु समावेश गरी नयाँ ऐन चाँढै आउने प्रतिक्रिया दिए ।

“तपाईहरु ढुक्क हुनुहोस् । असहमतिका विषयहरु ऐनमा समावेश हुन्छन् ।” प्रधामन्त्री ओलीको भनाइलाई उदृत गर्दै राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कडेंलले भने ।

प्रकाशित मिति : २०७३/०३/०६ गते सोमबार

pm and coop1

अभिलेख

लोकप्रिय