२२ कात्तिक २०८३, आईतवार

सहभागितात्मक पल्र्स विश्लेषण तालिम शुरु

२०७३ असार ५, आईतवार
सहभागितात्मक पल्र्स विश्लेषण तालिम शुरु

sahakari sang ktm, ab

काठमाडौं । जिल्ला सहकारी संघ, काठमाडौंको आयोजनामा तीन दिने सहभागितात्मक पल्र्स विश्लेषण तालिम शुरु भएको छ । तालिममा विभिन्न सहकारीका १९ जनाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक तथा जिल्ला सहकारी संघ, काठमाडौंका पूर्व अध्यक्ष केबी उप्रेतीले गरेका थिए । तालिको पहिलो दिन सहकारी विभागका उप रजिष्टार नारायण ज्ञवालीले प्रशिक्षण गराएका थिए ।

सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ तालिक आयोजना गरिएको तालिमका उप-संयोजक तथा संघका संचालक अमरावती महर्जनले बताईन । जिल्ला संघ अभिभावक निकाय भएका कारण सदस्य संस्थालाई सहि मार्ग निर्देशन गर्न तालिम प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाई थियो ।

संघमा नयाँ संचालक समिति निर्वाचित भएपछि यो पहिलो तालिम कार्यक्रम हो । सदस्य संस्थाको क्षमता अभिवृद्धि गर्ने खालका विभिनन तालिमलाई निरन्तरता दिने महर्जनले बताईन ।

प्रकाशित मिति : २०७३/०३ /०५ गते आइतबार

अभिलेख

लोकप्रिय