२२ कात्तिक २०८३, आईतवार

पशु बिमा समेत गर्दै सहकारी

२०७३ असार ३, शुक्रबार
पशु बिमा समेत गर्दै सहकारी

insurance of cow_sahakarikhabarपाल्पा । व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
किसानले दूध बेचेर वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । गत आवमा यहाँका किसानले दूध बिक्री गरी रु ९० लाख आम्दानी गर्न सफल भएका थिए ।

यस आवको ११ महिनाको अवधिमा रु ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । सहकारीले बिना धितो आफ्ना सदस्यलाई ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ । चारवटा सङ्कलन केन्द्रमार्फत किसानले उत्पादन गरेको दूध डेरीसम्म पु¥याइन्छ । सहकारीले एकहजार ४०० पशुको पशु बिमासमेत गरेको व्यवस्थापक हरि सिग्देलले बताए । क्षतिपूर्ति पाउने व्यवस्थाले किसानलाई राहत पुगेको उनको भनाई छ ।

अभिलेख

लोकप्रिय