२२ कात्तिक २०८३, आईतवार

सहकारीकर्मीले सधै याद गर्नुपर्ने कुराहरु !

२०७३ असार २, बिहिबार
सहकारीकर्मीले सधै याद गर्नुपर्ने कुराहरु !

     वि.सं.२००० मा तत्कालिन राणा सरकारका मेजर जनरल विजयले सरदार भिमबहादुर पाँडेलाई पत्र लेखि औधोगिक तथा सहकारी सम्भाब्यता बारे अध्ययन गर्न निर्देशन ।
     वि.सं.२०१० मा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना ।
     वि.सं.२०१३ सालमा चितवनको बखानपुरमा बचत ऋण सहकारीको गठन ।
     वि.सं.२०१६ सालमा पहिलो सहकारी संस्था ऐन जारी ।
     वि.सं.२०१८मा सहकारी संस्था नियम २०१८ जारी ।
     वि.सं.२०१८ मा सहकारी विकास कोषको स्थापना ।
     वि.सं.२०१८ मा साझा संस्था लिमिटेडको स्थापना ।
     वि.सं.२०१९ मा सहकारी प्रशिक्षण केन्द्रको स्थापना ।
     वि.सं. २०१९मा सहकारी बैंक ऐन २०१९ जारी ।
     वि.सं.२०२० मा सहकारी बैंक स्थापना ।
     वि.सं.२०२४ मा सहकारी बैंकलाई कृषि विकास बैंकमा परिणत गरेको ।
     वि.सं.२०२६ मा सहकारी विभागलाई भूमिसुधार मन्त्रालय मातहतमा राखिएको ।
     वि.सं.२०२७ मा सहकारी संस्था ऐन २०१६ मा दोश्रो संसोधन ।
     वि.सं.२०४१ मा साझा संंस्था ऐन २०४१ जारी ।
     वि.सं.२०४९ मा सालमा सहकारी ऐन २०४८ जारी ।
     वि.सं.२०५० मा सहकारी संस्था नियमावली २०४९ जारी ।
     वि.सं.२०५० मा राष्ट्रि«य सहकारी संघको गठन ।
     वि.स २०५४ मा नेपालले आइ.सि ए को सदस्यता प्राप्त गरेको ।
     वि.सं.२०६० मा सहकारी संघ संस्था र नेपाल सरकारको संयुक्त लगानीमा राष्ट्रिय सहकारी बैंकको स्थापना ।
     वि.सं.२०६४ मा नेपालको अन्तरिम संविधान २०६३ मा सहकारी अर्थतन्त्रलाई मान्यता प्रधान ।
     वि.सं.२०६८ मा आ.व ०६८÷०६९को वजेटमा सहकारीलाई ३ खम्वे अर्थनीति अनुसार विशेष प्राथमिकता ।
     वि.सं.२०६८ मा नेपाल सरकारद्धारा सन् २०१२ लाई संयुक्त राष्ट्रसंघको घोषणा वमोजिम अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउन कृषि तथा सहकारी मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन ।

अभिलेख

लोकप्रिय