रकम डुब्ले शंकाले बचत फिर्ता लिदै सदस्यहरु
बारा । जिल्लामै केही र छिमेकी जिल्ला वीरगन्जका सहकारी सञ्चालकहरू करोडौं रुपैयाँ लिएर धमाधम भाग्न थालेपछि बारामा सदस्यहरु सहकारीमा रकम फिर्ता लिन थालेका छन् । रकम डुब्ने शंका बढेपछि सदस्यहरुले सहकारी गरेको बचत रकम फिर्ता लिन थालेका हुन् ।
रकम फिर्ता लिन धेरै सदस्यहरु आउन थालेपछि दर्जनौं बचत तथा ऋण सहकारी संस्था पैसा दिन नसकेर अफ्ठेरोमा पर्न थालेका छन् । जिल्लाका कबहिगोठ बचत तथा ऋण सहकारी, महालक्ष्मी बचत तथा ऋण भोडाहा, शिवपार्वती बचत तथा ऋण पर्सौना, राणीसती बचत तथा ऋण सिसौनियाँ, समन्वय बचत तथा ऋण सहकारीलगायतका दर्जनौं सहकारी सदस्यहरुको रकम फिर्ता गर्न ऋण सापटी खोज्दै विभिन्न संघसंस्था र व्यक्ति गुहार्न थालेका छन् ।
“हाम्रै जिल्लाका केही र पछिल्लो समय वीरगन्जका घटनाले बचत तथा ऋण सहकारीका बचतकर्ताहरू रकम फिर्ता लिन धमाधम आउन थालेका छन्,” बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम भन्छन्, “घेरै सदस्यको रकम फिर्ता गर्न नसकेर ऋण सापटी खोज्न पनि थालेका छन् । रकम फिर्ता गर्न अन्तर संस्था, संघमार्फत ऋण सापटीमा केही सहकारी लागिरहेको उनले स्वीकारे ।
जिल्लाको दक्षिण क्षेत्रको ग्रामीण बजारमा सञ्चालित सहकारी यतिबेला रकम फिर्ता गर्न नसकेर संकटमा पर्न थालेको डिभिजन सहकारीले जनाएको छ । जिल्लाभर २२४ बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । बाराकै पर्सौनामा रहेको शिवपार्वती बचत तथा ऋण सहकारी र सजिलो बचत तथा ऋण सहकारीका सञ्चालक निपु कुमार यादब बेपता भएपछि अन्य सहकारीका सदस्य पनि सशंकित भएका हुन् । यी सस्थामा लाखौं रकम अपचलन भएको छ ।
त्यस्तै जिल्लाकै रघुबाईमा सञ्चालित माइक्रो बचत तथा ऋण सहकारीका सञ्चालक अध्यक्ष रामबाबु पटेलले सदस्यको बचत आफैंले अपचलन गरी बेपता भएका छन् । साना व्यापारीले दैनिक गर्ने कारोबारबाट बचत रकम सहकारीमा राख्ने र चाहिएको बखत झिक्न र सामान्य प्रक्रिया बाटै ऋण सजिलै पाउने भएपछि बचत तथा ऋण सहकारी संस्था मझौला व्यापारी माझ पनि लोकप्रिय बन्दै गएको थियो । तर, पछिल्ला घटनाक्रमले यस्ता सदस्यहरु सशंकित भएका छन् ।
हालै वीरगन्ज–१९ नगवाको हिमालय बचत तथा ऋण सहकारी संस्थालगायतका केही सहकारीका सञ्चालकहरू करोडौं रकम लिएर भागेपछिसँगै जोडिएको जिल्ला भएकै कारण हजारौं सदस्यहरु आफ्नो बचत रकम डुब्ने त्रासले रकम फिर्ता लिन सहकारी आउन थालेको अध्यक्ष गौतमले स्वीकारे । नियमनकारी निकाय डिभिजन सहकारीले कडा निगरानी नराख्दा सञ्चालकले बचत हिनामिना गर्ने क्रम बढेको बचतकर्ता बताउँछन् । डिभिजन सहकारीका प्रमुख कुलोतम पोखरेलले आफूले जिल्लाको कलैया, सिमरा र डुमरबानामा रहेको सहकारीको नियमित नै कारोबार भइरहेको पाइएको र अन्य क्षेत्रको सहकारीमा आफू जान नभ्याएको बताए ।
साभार : कारोबार दैनिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
