२२ कात्तिक २०८३, आईतवार

सहकारी विधेयक अघि बढेको भन्दै ८ जिल्लाका सहकारीकर्मीको भेला

२०७३ जेठ ३२, मङ्गलबार
सहकारी विधेयक अघि बढेको भन्दै ८ जिल्लाका सहकारीकर्मीको भेला

coop_actकाठमाडौं । प्रस्तावित सहकारी विधेयक २०७३ मा सहकारी अभियानको सुझाव समावेश नभएको भन्दै ८ जिल्लाका सहकारीकर्मीहरु बिहिबार एकै ठाँउमा भेला हुने भएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ , मकवानपुर र चितवनका जिल्ला सहकारी संघ र विषयगत जिल्ला संघकाहरुको संयुक्त भेला हुन लागेको हो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले भेलाको आयोजना गरेको हाे । उक्त भेला पश्चात राष्ट्रीय भेलाको आयोजना गर्ने जनाएको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको तीन महिनापछि सहकारी विधेयककाे मस्यौदामा दफावार छलफल सुरु भएको छ । व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले सहकारी विधेयक छिटो ल्याउनका लागि सरकारलाई निर्देशन दिएपछि मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिले गत साताबाट मस्यौदामा छलफल सुरु गरेको हो । मन्त्रालयले ऐनको मस्यौदा मन्त्रिपरिषदमा माघ ७ गते पेस गरेको थियो ।

बलियो कानुनी व्यवस्था नहुँदा सहकारीमा विकृति बढेको निष्कर्ष निकाल्दै मन्त्रालयले सहकारी ऐनको मस्यौदा तयार पारेको हो । विधेयकमा मर्जरमार्फत सहकारीको संख्या घटाउने, सहकारीको कार्यक्षेत्र अधिकतम एक जिल्लाभन्दा बढी नहुने, ठगी गर्ने सहकारीका सञ्चालकलाई बिगो र बिगो बमोजिमको जरिवानाका साथै अधिकतम ७ वर्षसम्म जेल सजाएको व्यवस्था गरिएको छ । यसैगरी समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि व्यवस्थापन समिति बनाउने प्रस्ताव पनि गरिएको छ ।

अभिलेख

लोकप्रिय