सहकारी विधेयक अघि बढेको भन्दै ८ जिल्लाका सहकारीकर्मीको भेला
काठमाडौं । प्रस्तावित सहकारी विधेयक २०७३ मा सहकारी अभियानको सुझाव समावेश नभएको भन्दै ८ जिल्लाका सहकारीकर्मीहरु बिहिबार एकै ठाँउमा भेला हुने भएका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ , मकवानपुर र चितवनका जिल्ला सहकारी संघ र विषयगत जिल्ला संघकाहरुको संयुक्त भेला हुन लागेको हो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले भेलाको आयोजना गरेको हाे । उक्त भेला पश्चात राष्ट्रीय भेलाको आयोजना गर्ने जनाएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको तीन महिनापछि सहकारी विधेयककाे मस्यौदामा दफावार छलफल सुरु भएको छ । व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले सहकारी विधेयक छिटो ल्याउनका लागि सरकारलाई निर्देशन दिएपछि मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिले गत साताबाट मस्यौदामा छलफल सुरु गरेको हो । मन्त्रालयले ऐनको मस्यौदा मन्त्रिपरिषदमा माघ ७ गते पेस गरेको थियो ।
बलियो कानुनी व्यवस्था नहुँदा सहकारीमा विकृति बढेको निष्कर्ष निकाल्दै मन्त्रालयले सहकारी ऐनको मस्यौदा तयार पारेको हो । विधेयकमा मर्जरमार्फत सहकारीको संख्या घटाउने, सहकारीको कार्यक्षेत्र अधिकतम एक जिल्लाभन्दा बढी नहुने, ठगी गर्ने सहकारीका सञ्चालकलाई बिगो र बिगो बमोजिमको जरिवानाका साथै अधिकतम ७ वर्षसम्म जेल सजाएको व्यवस्था गरिएको छ । यसैगरी समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि व्यवस्थापन समिति बनाउने प्रस्ताव पनि गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
