२२ कात्तिक २०८३, आईतवार

धनसार सहकारीको आठौं वार्षिक उत्सवमा स्वास्थ्य शिविर

२०७३ जेठ ३२, मङ्गलबार
धनसार सहकारीको आठौं वार्षिक उत्सवमा स्वास्थ्य शिविर

dhanasar sahakari1

काठमाडौं । धनसार बचत तथा ऋण सहकारीको आठौं वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालसँगको संयोजनमा नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सहकारीका करिब दुई सय सदस्यहरुले स्वास्थ्य परिक्षण गराएका थिए । उनीहरुले सामान्य चिकित्सा, स्त्रि रोग, बल्ड प्रेसर तथा सुगर पिरक्षणको लाभ लिए । शिविरमा अस्पतालबाट विशेषज्ञ सहितको चिकित्सक टोलीले सदस्यहरुको स्वास्थ्य परिक्षण गरेको थियो । विहान १० : ३० बाट सुरु भएको उक्त परिक्षण कार्यक्रम २ बजे सम्म सञ्चालन भएको थियो ।

dhanasar sahakari
कार्यक्रमको अन्त्यमा आयोजकबाट अस्पतालका प्रतिनिधहरु तथा सहयोग पुर्‌याउने व्यक्तीहरुलाई मायाको चिनो तथा कदर पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष कुल बहादुर आचार्यले सामाजीक दाईत्व उन्तर्गत धनसारले आयोजना गरेको स्वास्थ्य परिक्षण कार्यक्रममा आगामी बर्षहरुमा पनी निरन्तर्ता गर्दै लैजाने बताए । यस सहकारीमा टेलिकमका कर्मचारी मात्र सदस्य हुन पाउने व्यवस्था छ ।

dhanasar sahakari2

अभिलेख

लोकप्रिय