२२ कात्तिक २०८३, आईतवार

तीन जिल्लाका सहकारीकर्मी हातेमालोमा

२०७३ जेठ ३०, आईतवार
तीन जिल्लाका सहकारीकर्मी हातेमालोमा

narayan karki in haremalo

सिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था तनहुँ, लमजुङ र गोरखाका सहकारीकर्मीहरुले स्थलगत अवलोकन गरेका छन । मुलुकका उत्कृष्ट सहकारीहरुको स्थलगत अवलोकनका लागि डिभिजन सहकारी कार्यालय तनहुको संयोजनमा आएको टोलीले छ दिने भ्रमणको क्रममा मध्यतराईस्थित हातेमालोलाई चयन गरेको हो ।

भ्रमण टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रममा हातेमालोका अध्यक्ष कृष्ण पौडेलले सहकारीहरुवीच असल अभ्यास र अनुभव आदानप्रदानका लागि स्थलगत अवलोकन भ्रमण महत्वपूर्ण हुने बताए । नेपालको सहकारी अभियानमा मध्यतराई र बाराको भूमिका बढदै गएको बताउदै यस्ता सदभावपूर्ण भ्रमणलाई नियमित बनाउनुपर्ने उनको भनाई थियो

कार्यक्रममा बोल्दै भ्रमण टोलीका अगुवा एवम् डिभिजन सहकारी कार्यालय तनहुका प्रमुख नारायण कार्कीले मध्यतराईको सहकारी अभियानबाट आफुहरु प्रभावित भएको बताउँदै हातेमालोले छोटो अवधिमा हासिल गरेको प्रगतिबाट आफुहरु प्रभावित भएको बताए । ८ वर्षको अवधिमा अभियानको नेतृत्व, आफनै भौतिक संरचना, उत्कृष्ट करदाता, सदस्य सेवा र सामाजिक उत्तरदायित्व बहन जस्ता अनुकरणीय अभ्यास सबैले सिक्नुपर्ने कार्कीको भनाई थियो ।

अभिलेख

लोकप्रिय