२२ कात्तिक २०८३, आईतवार

सूचना तथा सञ्चार सहकारी संघको साधारणसभा

२०७३ जेठ ३०, आईतवार
सूचना तथा सञ्चार सहकारी संघको साधारणसभा

sanchar sang banlingबागलुङ । सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको प्रथम वार्षिक साधारणसभा आइतवार बागलुङमा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सञ्चारमाध्यमहरुको संस्थागत विकासका लागि सञ्चार सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । मोफसलमा सञ्चारमाध्यम सञ्चालन गर्न निकै कठिन भएको अवस्थामा सञ्चार सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन हुन थालेपछि सञ्चारमाध्यम दिगो बन्दै गएको उनको भनाइ थियो ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, सूचना तथा सञ्चार सहकारी संघका लेखा संयोजक राजबहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रम सूचना तथा सञ्चार सहकारी संघ बागलुङका अध्यक्ष मनकुमारी केसीको अध्यक्षता, उपाध्यक्ष विष्णुप्रसाद भुषालको स्वागत र सचिव नरेश कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै सहकारी मार्फत सञ्चार क्षेत्रको दिगोपना र समाज रुपान्तरणका लागि आर्थिक सामाजिक गतिविधिमा क्रियाशिल रहने कार्ययोजना पारित गरेको कोषाध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिउ ।

अभिलेख

लोकप्रिय