२२ कात्तिक २०८३, आईतवार

सहकारीका ठगलाई १२ वर्षसम्म कैद !

२०७३ जेठ ३०, आईतवार
सहकारीका ठगलाई १२ वर्षसम्म कैद !

policeकाठमाडाै‌ । सहकारी संस्थाबाट ठगी गर्नेलाई पनि बैंकिङ कसुरअन्तर्गतकै कारबाही हुने भएको छ ।

व्यवस्थापिका संसदअन्तर्गतको अर्थ समितिद्धारा गठित उपसमितिले तयार पारेको बैंकिङ कसुरसम्बन्धी प्रतिवेदनमा सहकारीमार्फत ठगी गर्नेलाई पनि बैंकिङ कसुरअन्तर्गत नै कारबाही गर्ने व्यवस्था गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०७१ मा यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्था लागु भयाेभने सहकारीमार्फत आर्थिक अपचलन गर्ने व्यक्ति कानुनी दायरामा आउनेछन् । ५० करोडदेखि १ अर्बसम्म बिगो भए ८ देखि १० वर्षसम्म कैद र १ अर्ब रुपैयाँभन्दा बढी बिगोको हकमा १० देखि १२ वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था थप भएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार बैंकिङ कसुरको मात्राअनुसार १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । बैंकिङ कसुरसंगै १० लाख रुपैयाँसम्म बिगो भएमा एक वर्ष कैद र बिगो दुवै कारबाही भोग्नुपर्छ ।

सहकारीको नाममा ठगी गर्नेहरुलाई आजसम्म स्पष्ट कानुनको अभावमा कारबाहीको दायरामा ल्याउन सकिराखेकाे छैन । सहकारी एेन फितलाे हुँदा सहकारीमा ठगी धन्दा माैलाएकाे छ । संशोधित व्यवस्था लागु भएपछि खासगरी सहकारीमा मौलाएको अनियमितता नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

अभिलेख

लोकप्रिय