सहकारीले दियाे एक महिनाको सुत्केरी खर्च
कपिलवस्तु । हथिहवा–७ को मदारी रैदासलाई सुत्केरी हुँदा बुहारीलाई के खुवाउने होला भन्ने पीर यस पटक भएन । स्थानीय जगमाया महिला विकास ऋण सहकारीले उनकी बुहारी सुनितालाई एक महिनाको सुत्केरी खर्च दिएको छ ।
दुई वर्षअघि बच्चा जन्मदा सुनिताले राम्रो खाना र आराम पाएनन् । त्यसै कारण पहिलो छोरा दुई वर्षको हुँदा पनि जम्मा ४ किलोको छ । अहिलेको बच्चा सप्रिएको मदारी रैदास बताउँछन् । ‘आमाको दूध मात्रै पिउँदा पनि छोरी सप्रिएकी छ’, उनले भनिन । महिला तथा बालबालिका कार्यालय कपिलवस्तुले जगमाया सहकारीलाई एक वर्षअघि सुत्केरी पोषण सहायता कोष स्थापना गर्न सहयोग गरेको थियो । विपन्न, गरिब समुदायका आमालाई सुत्केरीमा उचित पोषणको व्यवस्था गर्ने उद्देश्यले कार्यालयले उनीहरुलाई जिम्मा दिएको थियो ।
कोषमा परिचालन गरी आएको आम्दानीले यतिखेर हथिहवा गाविसका सबै वडाका विपन्न महिलालाई सुत्केरी पोषण खर्च व्यवस्था गर्ने गरिएको सहकारी संस्थाको अध्यक्ष श्रीकान्ती धोबी बताउँछन् । महिला तथा बालबालिका कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा १५ गाविसको महिला सहकारीलाई कोष व्यवस्थापन गर्न ५५ हजार रुपियाँका दरले रकम सहयोग गरेको थियो ।
गोरखापत्र दैनिकबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
