२२ कात्तिक २०८३, आईतवार

हातेमालो सहकारीमा ऋद्धिसिद्धी

२०७३ जेठ २८, शुक्रबार
हातेमालो सहकारीमा ऋद्धिसिद्धी

hatemaloसिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था र कलैयाको ऋद्धिसिद्धी सहकारीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हातेमालो साकोसको स्थलगत अवलोकनका लागि आएको ऋद्धिसिद्धी साकोसका टोलीसंग हातेमालोले अन्तरक्रियात्मक छलफल गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै हातेमालोका अध्यक्ष कृष्ण पौडेलले नमूना सहकारीहरुको स्थलगत अवलोकन र अन्तरक्रियाले अभियानको सुद्धीकरण र गुणात्मक विकासमा टेवा पुग्ने बताए । पौडेलले हातेमालोले आठ वर्षको अवधिमा हासिल गरेको उपलव्धिको चर्चा गर्दै आफुहरुले जिल्लाभर यस्तै सहकारी र सेवाको परिकल्पना गरेको बताए ।

कार्यक्रममा बोल्दै ऋद्धिसिद्धी सहकारीका अध्यक्ष उमेशचन्द्र यादवले हातेमालोले छोटो अवधिमा गरेको प्रगतिबाट आफुहरु प्रभावित भएको बताउदै यसको कार्यप्रक्रियालाई अनुशरण गर्ने बताए ।

टोलीलाई अध्यक्ष कृष्ण पौडेलले संस्थाको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरेका थिए । केही समययता जिल्ला मुलुकका विभिन्न भूभागबाट हातेमालो सहकारीको स्थलगत अवलोकन गर्न आउने सहकारीहरुको संख्या बढिरहेको छ । ८ वर्षअघि स्थापित हातेमालोले २१०० सदस्यहरुवीच करीव २१ करोडको कारोवार गरिरहेको छ । सदस्यहरुको सम्पूर्ण वित्तिय समाधान र सामाजिक विकासको पहिलो छनोटको परिकल्पनाका साथ हातेमालो समुदायवीच क्रियाशिल रहेको छ ।

अभिलेख

लोकप्रिय