२२ कात्तिक २०८३, आईतवार

एफएनसिएसआईले गर्यो सहकारीलाई सदस्यता दिने निर्णय 

२०७३ जेठ २७, बिहिबार
एफएनसिएसआईले गर्यो सहकारीलाई सदस्यता दिने निर्णय 

fncsiकाठमाडौं । नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघले सहकारी संस्थाहरुलाई पनि सदस्यता दिने भएको छ । महासंघको २५ गते सम्पन्न २३ औं राष्टिय महाधिवेशनले सहकारीलाई पनि सदस्यता खुल्ला गरेको हो ।

सहकारीहरुले पनि विभिन्न उद्योग, व्यवसाय संचालन गरेका कारण सदस्यता खुलाईएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । नेपालमा सहकारीहरुले विभिन्न उद्योग व्यवसाय संचालन गरेको र नीजि क्षेत्रसंघ सहकारी सहकार्य गरेर अघि बढ्ने नीति अनुरुप सदस्यता खुलाईएको गिरीले बताए ।

महासंघले सहकारीलाई सदस्यता खुल्ला गरेपनि सहकारीले नीजि संगठनको सदस्यता लिन पाउने या नपाउने स्पष्ठ कानुन छैन । सहकारी ऐन २०४८ मा सदस्य बन्न पाउने या नपाउने कुनै पनि व्यवस्था खुलाईएको छैन । तर सहकारी मापदण्ड २०६८ मा भने सदस्यता लिन नपाउने व्यवस्था उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय