धौलागिरिका सहकारीकर्मीले गरे पश्चिमका सहकारीको अवलोकन

बागलुङ । धौलागिरि अञ्चल कार्यक्षेत्र रहेको डिभिजन सहकारी कार्यालय बागलुङको संयोजन तथा विभिन्न सहकारी संघ संस्थाहरुको सहयोगमा ५ दिने सहकारी अध्ययन अवलोकन भ्रमण सोमबार सकिएको छ ।
धौलागिरिका बागलुङ, पर्वत र म्याग्दीका २४ जना सहकारीकर्मीहरुको एक टोलीले स्याङ्ग्जा, बाँके, सुर्खेत र कञ्चनपुरका ५ वटा सहकारी संस्थाहरुको अवलोकन गरेका हुन् । टोलीले उपकार बचत तथा ऋण सहकारी संस्था स्याङ्जा, कोहलपुर शित भण्डार सहकारी बाँके, जनहितकारी बचत तथा ऋण सहकारी सुर्खेत, सिद्धार्थ बहुउद्देश्यीय सहकारी सुर्खेत, सिद्धार्थ सूचना तथा सञ्चार सहकारी संस्था सुर्खेत र उदयदेव बहुउद्देश्यीय सहकारी संस्था कञ्चनपुरको अवलोकन गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्र्माले जानकारी दिए । वचत तथा ऋणको कारोबार गर्ने लगायत शित भण्डार सञ्चालन गरेका र च्याउ लगायत उत्पादनका काम गरेका सहकारीको अवलोकन गरेको सहभागीहरुले बताएका छन् ।
अन्य जिल्लाका सहकारीहरुले गरेका राम्रा कामहरुको बारेमा जानकारी लिएर धौलागिरि अञ्चलका सहकारीहरुलाई थप प्रभावकारी र सवल बनाउने उदेश्यले गरिएको भ्रमण प्रभावकारी रहेको शर्माको भनाई छ । सहकारीकर्मीहरुले एक आपसमा छलफल गर्दा सकारात्मक कुरालाई बढाउन र कमजोरीहरुलाई सच्याउन सहयोग पुग्ने भएकाले डिभिजन सहकारी कार्यालयको संयोजनमा भ्रमण सम्पन्न गरिएको उनको भनाइ छ ।
मध्य तथा सुदुर पश्चिमका सहकारीहरुले गरेका धेरै राम्रा कुराहरु धौलागिरिका सहकारीहरुका लागि अनुकरणीय हुने र धौलागिरिका सहकारीले गरेका राम्रा कामले त्यताका सहकारीहरुलाई पनि फाइदा पुगेको भ्रमण टोलीमा संलग्न राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए । सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गराउन अझै धेरै अध्ययन, अवलोकन, योजना आवश्यक रहेको भन्दै जिसीले सबै सहकारीहरुले आफ्ना सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको व्यवस्थान गर्न सकेमा मात्रै सहकारी मार्फत आर्थिक विकास संभव रहेको बताए । भ्रमणले धौलागिरिका सहकारीकर्मीहरुमा उत्साह जागेको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके सहकारी क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए ।
टोलीमा जिल्ला सहकारी संघ बागलुङ र म्याग्दीका पदाधिकारी तथा सदस्यहरु, बागलुङ पर्वत र म्याग्दीका अन्य विषयगत सहकारी संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक डिलबहादुर केसीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
