थेग्न नसक्ने महँगी : केमा कति बढ्यो ?
काठमाडौं । आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ । व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्यान्न, खानेतेल, तरकारी, माछामासुलगायतको मूल्य आफूखुसी मूल्य वृद्धि गरेका छन् । व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्य वस्तुको मूल्यमा न्युनतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
style="text-align: justify;">
style="text-align: justify;">
style="text-align: justify;">संघका अनुसार दुई सय ४० पर्ने मासको सानो दालको मूल्य वृद्धि भएर अहिले प्रतिकिलो दुई सय ८० रुपैयाँ पुगेको छ । यसैगरी एक सय ९० पर्ने चनाको दालको मूल्य प्रतिकिलो दुई सय १० रुपैयाँमा पुगेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार बजेटमार्फत सरकारी कर्मचारीको तलबमा वृद्धि गरिएको २५ प्रतिशतका कारण व्यापारीले मौकाको फाइदा उठाउँदै मूल्य वृद्धि गरेका हुन् । ‘बजेट वक्तव्यमार्फत सरकारले कर्मचारी र सांसदको सेवा सुविधा वृद्धि गरेका कारण बजार अराजक बन्दै गएको हो’, अध्यक्ष महर्जनले भने, ‘कर्मचारी र सांसदलाई खुसी बनाउन उनीहरूको सेवा सुविधा वृद्धिसँगै बजारको मूल्य नियन्त्रण गर्न बजार अनुगमन संयन्त्रण बलियो र प्रभावकारी बनाउने कार्यक्रम पनि आउनुपथ्र्यो ।’
style="text-align: justify;">
style="text-align: justify;">उनका अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउन नपाउँदै व्यापारीले कर्मचारीको तलब वृद्धि र सांसदको सुविधा वृद्धिलाई जोडेर आम उपभोक्तालाई मर्ने गरी दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् । व्यापारीले सोना मन्सुलीको प्रतिकिलोमा १०, मोटा चामलमा प्रतिकिलो पाँच, पोखरेली चामलमा प्रतिकिलो पाँच, ताइचिन चिउरामा प्रतिकिलो १५, भुटेको तोरीको तेलको प्रतिलिटरमा १०, सनफ्लावर तेलको प्रतिलिटरमा १०, कुखुराको मासुमा प्रतिकिलो २०, अन्डा प्रतिक्रेटमा ७० रुपैयाँ वृद्धि गरेका छन् । यस्तै रातो आलुको प्रतिकिलोमा ३०, सेतो आलुको प्रतिकिलोमा २०, गोलभेंडाको प्रतिकिलोमा २०, काउलीको प्रतिकिलोमा २० र माछाको प्रतिकिलोमा ४० रुपैयाँसम्म वृद्धि भएको छ ।
style="text-align: justify;">
style="text-align: justify;">बजार भाव अकासिरहँदा बजार नियन्त्रण गर्ने जिम्मेवारी लिएको आपूर्ति मन्त्रालय तथा मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने बजार अनुगमन गर्न चासो देखाएको छैन । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बजार मूल्य अकासिएको स्वीकार गर्दै केही दिनमा प्रभावकारी अनुगमन गर्ने आश्वासन मात्रै दिए । ‘व्यापारीले मिलेमतो गरेर दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको हामीलाई पनि जानकारी आएको छ’ ,रेग्मीले भने ,‘प्रभावकारी बजार अनुगमन गर्न विभागसम्बद्ध अधिकारीलाई बोलाएर निर्देशन पनि दिइसकेको अवस्था छ । केही दिनमा बजार नियन्त्रणमा आउँछ ।’
style="text-align: justify;">
style="text-align: justify;">साभार : अन्नपूर्ण पाेष्ट
class="fb-background-color">
class = "fb-comments"
data-href = "http://www.sahakarikhabar.com/2016/06/08/%e0%a4%a5%e0%a5%87%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%81%e0%a4%97%e0%a5%80-%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%95/"
data-numposts = "10"
data-lazy = "true"
data-colorscheme = "light"
data-order-by = "social"
data-mobile=true>
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
